
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले हालेको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीसद्वय प्रकाशमान सिंह रायत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो ।
साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो । यस विषयमा छलफल गर्न दुबै पक्षलाई मंगलबार बोलाएको थियो । आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन् ।














