Logo
Logo

जाति र धर्म सम्बन्धी तथ्यांक सच्चाउन आदिवासी जनजाति संघसंस्थाहरुको माग


4.2k
Shares

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक सच्चाउन आदिवासी जनजाति संघसंस्थाहरूले माग गरेका छन् । जनगणनामा जाति, भाषा र धर्म सम्बन्धी तथ्यांक गलत भएको भन्दै सच्याउन उनीहरुले माग गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बालुवाटामा भेटेर राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को जाती, भाषा र धर्म सम्बन्धी तथ्यांक गलत भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको भन्दै आदिवासी जनजाति महासंघ र संस्थाहरूले कानुनी व्यवस्थाअनुसार तथ्यांक सच्याउन आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले कानुनी व्यवस्थाअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कानुनी व्यवस्था के छ, तथ्यांक कार्यालयका सम्बन्धित अधिकारीहरूलाई बोलाएर म कुरा गर्छु ।’ जनजाति महासंघका महासचिव दिवस राईका अनुसार प्रधानमन्त्रीले भने, ‘कतिपय जातिभित्रका थरहरूलाई जाति बनाउनु हुँदैन, त्यसले विभाजन ल्याउँछ भन्ने कुरामा म पनि कन्भिन्स छु । यसबारेमा तथ्य बुझेर सच्याउन लगाउँछु ।’

जनगणनामा गुरुङ जातिबाट घले, मगर जातिबाट पुन छुट्टाएको छ भने राई जातिलाई धेरै टुक्रामा विभाजन गरेको छ । यो कुरा कानुनसम्मत हुनुपर्ने माग आदिवासी जनजातिहरूले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्