
काठमाडौं । संसदीय सुनवाई समितिले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज छलफल गर्दैछ । समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीसँग आज छलफल गर्न लागेको हो ।
लामो समय देखी कार्यबाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।
उनीविरुद्ध परेका २९ उजुरीका बारेमा सोधपुछ कार्कीसँग समितिले सोधपुछ गर्नेछ । समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।











