Logo
Logo

बागमती प्रदेशसभा बैठक बस्दै


378
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्ने भएको हो ।

जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठकमा संसदमा पेस भएको आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्ने तयारी गरेको र सोही कार्य व्यवस्था परामर्श समितिको बैठकले बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्