Logo
Logo

पर्यटनमन्त्रीमाथि प्रेम आलेको व्यंग्य- अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो


1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको भन्दै पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्किम समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् ।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो,’ उनले भने ।

यसअघि २०७९र८० को बजेट निर्माणको क्रममा करको दर हेरफेर भएको भन्दै अर्थमन्त्रालयको सिसिटिभि लगायतको छानविन गरेको थियो । सो क्रममा मन्त्रालयको सिसिटिभि फुटेज हराएको सम्बन्धमा मुसाले तार काटेको भन्दै करको दर हेरफेर गर्ने गिरोहलाई मन्त्रालयले नै संरक्षण गरेको आरोप लागाएको थियो ।

प्रतिक्रिया दिनुहोस्