
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू सांसद बन्ने सम्भावना रहेको बताएका हुन् ।
म्याग्दीमा जन्मिएका पुनले ट्रिवटरमा लामो स्टाटस पोष्ट गर्दै आफेनो जिवनमा असम्वभ जस्तै रहेका धेरै कुराहरु पुरा हुँदै आएको भन्दै राजनितिमा आउने सोच नहुँदा नहुँदै पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना एक प्रतिशत रहेको बताए ।
स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको भन्दै उनले अब सांसद बन्ने सम्भावना पनि एक प्रतिशत रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रहीरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ ।’
मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् ।
१. म सानो छंदा हाई स्कूल पढुला भनेर सोचे कै थिएन । किन भने त्यति बेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाई…
— Mahabir Pun (@MahabirPun) June 15, 2023











