Logo
Logo

अब्दुल खानको प्रश्न- नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी कसले लिन्छ ?


1.6k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य अब्दुल खानले गरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा बताएका छन् ।

उनले आज(बिहिबार) बसेको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण समेत गराएका छन् ।

जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डलासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सोही क्रममा केही दिनअघि एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै बैठकमा उनले भने, ‘सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ । यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?’

नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखट्न भन्दै उनले भने, के नागरिकता माग्नु अपराध हो रु यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।’

सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याए पनि न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउँदै उनले यसबारे गृहमन्त्रीको समेत जवाफ मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्