Logo
Logo

विवादित डिएसपीद्वारा पत्रकारमाथि कुटपिट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ मंसिर ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले पत्रकारमाथि कुटपिट गरेका छन् । दशरत रंगशालामा उनको कुटपिटबाट पत्रकार सुमन चापागाई घाइते भएका छन् ।


नागरिक दैनिकमा कार्यरत पत्रकार चापागाईंलाई प्रहरीले मङ्गलबार बिहान दशरथ रङ्गशाला परिसरमा कुटपिट गरी घाइते बनाएको हो। प्रहरीको कुटपिट भएका घाइते उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको कुटाइबाट उनको कानबाट रगत बगेको छ।

रङ्गशाला प्रवेश गर्ने दर्शकलाई प्रहरीले कुटपिट गरिरहेको तस्बिर खिच्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो।
डिएसपी राठौर आफैंले दर्शकहरुमाथि लात्तीले हानेको थिए । अन्य प्रहरीले लाठी हानेका थिए । त्यसको फोटो खिचेको भन्दै राठौरले पत्रकार चापागाईलाई समेत कुटेका थिए ।
डिएसपी राठौर विवादित प्रहरी अधिकृत हुन् । यसअघि उनी चोरीको गाडी काण्डमा परेका थिए । ठमेलमा पर्यटक लुट्ने गिरोहसँग मिलेको आरोप समेत उनीमाथि लागेको छ । यस्तै प्रहरीका कारण प्रहरीको छवी झन् बिग्रदै गएको छ ।

रंगशालामा डिएसपी राठौरका साथै कालिमाटी वृत्तका डिएसपी रुगम कुँवरले समेत दर्शकलाई निर्घात कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरीको मुस्कानसहितको सेवा भन्दै जसको खिल्लि उडाइएको छ ।

प्रतिक्रिया दिनुहोस्