Logo
Logo

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई


756
Shares

गण्डकी । कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ«े गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।

फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माछापुच्छ्रेले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको टोली तेस्रो भयो । महानगरको टोलीले ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

पोखरा महानगरपालिका भलिबल सङ्घको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा अन्नपूर्णका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी, माछापुच्छ«ेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर, पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर तथा अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए ।

उनीहरुलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका दुई/दुई तथा माछापुच्छ«्रेको एउटा टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्