Logo
Logo

भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कदम चालिसक्यो : गृहमन्त्री


1.3k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेता र राजनीतिक दल नसच्चिए देश बदल्न सम्भव नभएको बताएका छन् ।

नवनारी पत्रिकाको वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले पद भन्ने कुरा जिम्मेवारीमात्रै भएको बताए ।

‘अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरुलाई रुपान्तरण गरेर सामाजिक/आर्थिक रुपान्तरणको काम गर्ने सरकारको लक्ष्य छ । अहिले सरकार त्यही दिशामा केन्द्रित छ’, उनले भने ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सरकारको एक सूत्रीय एजेण्डा रहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि अहिले ठोस कदम चालेको गृहमन्त्री श्रेष्ठले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्