Logo
Logo

बजेटलाई चार यारहरुले लुटे : सीके राउत


2.9k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आर्थिक वर्ष २०८०/८१ को बजेटलाई चार यारहरुले लुटेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा मन्त्रालय बजेटमाथि भएको छलफलमा भाग लिँदै डा. राउतले बजेटको सम्बन्धमा दिएको सुझाव कार्यान्वयन नभएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

वैशाखमा बारामा मत पेटिका लुटेको भन्दै जेठमा आएर बजेट लुट्ने काम गरेको उनको भनाई छ ।

समग्र व्यवस्था र संसदमाथि नै प्रहार भयो भन्ने आफ्नो चिन्ता रहेको उनले बताए । ‘जसरी बैंक लुट्दा चार यारहरुले लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएका जस्ता देखिन्छन्’, उनले भने, ‘बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्