Logo
Logo

इमाडोलमा बीच सडकमा बस पल्टिदा १८ जना घाइते


2.3k
Shares

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएर दुर्घटना भएको हो ।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार दुर्घटनामा परि घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको छ । बसमा २४ जना सवार रहेको र ६ जनाको अवस्था सामान्य रहेको इन्सपेक्टर डाँगीले जानकारी दिए।

बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको उनले बताए । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्