
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्व राजा नभनेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा डा.कोइरालाले सो जानकारी दिइका हुन् ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्रले डा. कोइरालासँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै उनको भनाइ सार्वनकि गरेका हुन् ।
उनले लेखेका छन्, ‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजाुलाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको ‘गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन् ‘राजा ।’
उनले अझै अगाडी लेखेका छन, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु रु मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो।’
आफनो पुस्तक विचार भन्दा माथि देश हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले उनको कोइरालाको धारणा बाहिर ल्याएका हुन् ।











