
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (सोमबार)देखि सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक वाक्य नहटाएको भन्दै महानगरका प्रमुख बालेन साहले हिन्दी फिल्म प्रदर्शनन रोक्ने निर्णय गरेका हुन् । साहले नगर प्रहरी खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।
‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्नेछ’, उनले भनेका छन्, ‘त्यसैले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले सामाजिक सञ्जालमार्फत तीन दिनको समय दिएका थिए । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।











