
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथी छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छलफल हुनेछ।
प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।











