Logo
Logo

कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरू


693
Shares

विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी बिचको बार्ता सुरु भएको छ । बिराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी बार्ता सुरु भएको हो ।

सो बार्तामा सरकारकोतर्फबाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहेका छन् ।

गत फागुन १७ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन शुरु भएको थियो, जुन आन्दोलनमा एक जनाको मृत्युसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्