Logo
Logo

तनावमुक्त हुन योग आवश्यक : राष्ट्रपति


441
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताएका हुन् ।

उनले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पु–याउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनको सन्देशमा भनिएको छ, ’योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पु–याउँछ। योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धतिसमेत हो।’

प्रतिक्रिया दिनुहोस्