काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न १० वटा महानगर गौरवका योजना घोषणा गरिएको छ ।

काठमाडौं महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुनेगरी ३ वर्षभित्र सम्पन्न हुने १० वटा योजनालाई ‘महानगर गौरवका योजना’ भनिएको छ । मेयर शाहले गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै महानगरलाई पर्यटनमैत्री साँस्कृतिक सहरका रुपमा स्थापित गर्ने बताए ।
काठमाडौं महानगरबासीको दैनिक समस्यालाई समााधन गर्न, सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा महानगर गौरवका योजनाहरूमार्फत प्रमुख समस्याहरूको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्माण गर्दै काठमाडौँ महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रूपमा स्थापित गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘महानगरवासीको दैनन्दिनसँग जोडिएका समस्याहरू समाधान गर्न तथा महानगरपालिकाबाट प्रभावकारी सेवा प्रवाह गर्न र सहरी शासनका सवालहरुमा दिगो व्यवस्थापनका लागि आवश्यक योजनाहरुलाई महानगर स्वर्णिम योजनाका रूपमा स्वचालित संयन्त्र वनाई सञ्चालन गरिनेछ ।’
साथै, स्थानीय आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्नुपर्ने हरेक वडाबाट प्राप्त भएका योजनाहरूलाई प्राथमिकता प्राप्त योजनाका रूपमा कार्यान्वयन गरिनेछ पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्णपाठ :











