Logo
Logo

प्राधिकरणका तत्कालीन इञ्जीनियर यादवविरुद्ध मुद्दा


1.1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानुनी सम्पत्ति कमाएको अभियोगमा बिहीबार इन्जिनियर यादवविरुद्ध मुद्दा दायर हो । आयोगले यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइएको जायजेथा जफत तथा कैद सजाय मागदाबी गरेको छ ।

पदको दुरुपयोग गरी यादवले सेवामा रहँदा भ्रष्टाचार गरेको आयोगको अभियोजनमा उल्लेख छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादव २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए । यादव २०७९ जेठ १ गतेसम्म वहालमा थिए ।

आयोगका अनुसार यादवले पदमा रहँदा तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्