Logo
Logo

वाग्मती प्रदेशसभाको बैठक अनिश्चित


630
Shares

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित दलहरुको अवरोधका कारण स्थगित भएकाे वाग्मती प्रदेशसभाको बैठक अनिश्चत बनेको छ । बैठकमा सञ्चालन गर्ने विषयमा सहमति नभएपछि बैठक अनिश्चित बनेको हो ।

आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको छलफलका लागि आहृवान गरिएको मंगलबारको प्रदेशसभा बैठकमा विपक्षी दल एमालेसहितका सांसदहरुले अवरोध गरेसँगै सूचना टाँसेर स्थगित गरिएको थियो ।

सदन सञ्चालन गर्ने विषयमा दलहरुबीच पटक-पटक छलफल भएपनि सहमति नजुटेपछि प्रदेशसभा अनिश्चत बनेको हो । प्रदेशसभाको आज (बुधबार) विहान ११ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन ।

ठोस सहमति नभएपछि आ-आफ्नो संसदीय दलको बैठकमा दलहरु अहिले व्यस्त रहेका छन् । नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले ठोस सहमति नभएका कारण प्रदेशसभाको वैठक सञ्चालन हुन नदिने बताएका छन् ।

सरकारले कमजोरी स्वीकार गरेर बजेट संशोधन नगरेसम्म सदन चल्न नदिने अडानमा आफ्नो पार्टी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्