Logo
Logo

नेपालका लागि एडीबीद्वारा ५ करोड डलर स्वीकृत


2.9k
Shares

काठमाडौं । नेपालको आन्तरिक तथा बाह्य व्यापारका लागि एसियाली विकास बैंक (एडीबी)ले ५ करोड डलर अर्थात ६ अर्ब ५९ करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारका लागि उक्त ऋण स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको तथ्यांक एडीबीसँग छ । सरकारले व्यापार र निकासी प्रवर्द्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्तिलाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिँदै आएको छ ।

त्यसका लागि भन्सार प्रणाली, सेवा तथा सीमा प्रक्रियाको सुधार आवश्यक रहेको एडीबीले जनाएको छ । एडीबी दक्षिण एसिया विभागका क्षेत्रीय सहयोग तथा समन्वय निर्देशक थियाम ही एनजीले भने, ‘व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धात्मकतालाई बढावा दिनेछ । साथै, देशलाई दिगो आर्थिक वृद्धितर्फ डो¥याउन मद्दत गर्नेछ ।’

साथै, यसबाहेक व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्न एडीबीको विश्वाश छ । कार्यक्रमले भन्सार महसुल तथा शुल्कको विद्युतीय भुक्तानी गर्न, निर्यात कागजात पनि विद्युतीय रुपमै पेस गर्नेगरी डिजिटल प्रविधिमार्फत भन्सार प्रक्रियामा सुधार र आधुनिकीकरण योजना कार्यान्वयन गर्न मद्दत गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्