Logo
Logo

‘एमाले नेतृत्वको सरकारलाई समर्थन गर्न सकिँदैन’


3.8k
Shares

विराटनगर। कोशी प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् । बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले एमालेले निरन्तर पेलेकाले पार्टी नै छोड्नु परेको भन्दै समर्थन गर्न नसकिने बताएका हुन् ।

पूर्वमख्यमन्त्रीसमेत रहेका नेता राईले भने, ‘हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले । हामीलाई त विश्वासको मत समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ । त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन । सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ । त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ । त्यो पार्टी छाड्न हामीलाई मनै थिएन ।’
एमालेले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपनि निस्कनुको विकल्प नरहेको उनले बताए।

नेता राईले भने, ‘अहिले पनि यो सरकार आइसकेपछि कानुन बमोजिम भएका हाम्रा नियुक्ति धमाधम हटाइए । अदालतले फिर्ता बोलायो । चार जना छौं, यसो लुसुलुसु लागेर हिँड्दा गमक्क परेर बाटो छेकूँलाजस्तो व्यवहार छ ।’ उनले अहिले पनि हिजोको गल्ती सच्याउने र पेल्न छाड्ने हो भने समर्थन होइन, पार्टी एकता नै गर्न चाहने बताए ।

नेता राईले भने, ‘हिजोको गल्ती सच्याउन तयार हुनुप¥यो । हामी एउटा होइन, दुइवटै हात उठाएर समर्थन गर्छौं । नामकरणका बेला, सभामुख उपसभामुख छनोटका बेला, नियुक्तिका खारेज गर्दा खोजिएन । अहिलेमात्रै खोज्न अहिलेचाहिँ मिल्दैन कि, यो तरिकालेचाहिँ विश्वासको मत दिन गाह्रो पर्छ कि मुख्यमन्त्रीज्यू ।’

प्रतिक्रिया दिनुहोस्