Logo
Logo

कोशी : प्रदेशसभा बैठक आजै ८ बजे बस्ने


1.3k
Shares

विराटनगर । कोशी प्रदेशसभाको बैठक आजै ८ बजे पुनः बस्ने भएको छ । प्रदेशसभा सचिवालयले साँझ सूचना जारी गर्दै ८ बजे बैठक बस्ने जनाएको हो ।

यअसघि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । तर, मुख्यमन्त्रीसहित मन्त्रीहरु बाहिरिएपछि बैठक सुरु हुन सकेन । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामुखलाई पब लेख्दै भोलि बिहानसम्म बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर, प्रदेशसभा सचिवालयले बैठक आजै बस्ने गरी सूचना जारी गरेको हो ।

‘कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको आज बसेको प्रथम बैठक ३० मिनेटसम्मको लागि स्थगन भएकोमा विशेष कारणबस स्थगन पछिको वैठकको कारबाहीका लागि मिति २०८०।०३।१४ गते साँझ ८ः०० बजे बैठक बस्ने व्यहोरा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (२) बमोजिम माननीय सदस्यज्यूहरुलाई जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले आजको बैठक विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर, आजको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिन नसक्ने बताएका छन् । यस्तै, जसपाले तथष्ट बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्