Logo
Logo

तिनाउ नदीमा बाढी, सतर्कता अपनाउन आग्रह


945
Shares

काठमाडौं । बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ ।

उक्त क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेकाले बाढी बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सहत ६.८८ मिटर पुगेको छ । जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ ।

नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने महाशाखाले जनाएको छ । त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखो आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्