Logo
Logo

‘फूर्तिफार्ति गर्नेका विरुद्ध समाजवादी मोर्चा’


1.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)को प्रथम बामती प्रदेश कमिटी भेलालाई उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिले मुलुकको परिवर्तनबिरुद्ध सल्बलाइरहेको भन्दै त्यसको विरुद्ध समाजवादी मोर्चा केन्द्रीत हुने बताएका हुन् ।

मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरुलाई सँगसँग लिएर अघि बढ्ने उनले धारणा राखे । समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने उनले जानकारी दिए । समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ ।

उनले संविधानका बारेमा बिमति राख्नेहरुसँग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनहरुलाई बलियो बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्