Logo
Logo

कर्णाली प्रदेशसभा बैठक बस्दै


693
Shares

सुर्खेत। आज कर्णाली प्रदेशसभा बैठक बस्दैँछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने तय गरिएको छ ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो। जसकाकारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेको चेतावनी छ ।

संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्