Logo
Logo

बाग्मती प्रदेश बैठक बस्दै


567
Shares

हेटौडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक प्रदेश सभा भवन, हेटौँडामा दिउसो २ बजेका लागि बोलाइएको छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । बजेट बिभेदकारी रहेको भन्दै प्रतिपक्षी दलहरुले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद् रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्