Logo
Logo

हेटौंडाबाट १० लाख माछाका भुरा भारत निर्यात


756
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका(५ पिप्लेस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा उत्पादित माछाका भुरा भारत निर्यात गर्ने गरिएको छ । भारतीय सीमा जोडिएका बस्तीका बासिन्दाले हेटौंडाका माछापोखरीबाट माछाका भुरा किनेर भारत लैजाने गरेका हुन् ।

विकासे जातका माछाका १० लाखभन्दा बढी भुरा भारत निर्यात गरिएको मत्स्य प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रले चालु आर्थिक वर्षको असार १५ सम्म चार करोड ५० लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको केन्द्रका प्रमुख सरोज यादवले बताए ।

०७५/७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानका क्रममा राप्ती नदी, वाग्मती, सामरी, बकैया, अरुण, कोशी, कर्णाली नदी र बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ । यसबाट ४५ प्रजातिका माछा नमुना संकलन गरिनुका साथै पानीको गुणस्तरसमेत परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्