काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काटमाडौंको सानोभ-याङबाट नयाँबजार खुशिबुका ५९ वर्षीय केशव तुलाधर पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका एसपी रविन्द्र रेग्मीका अनुसार पक्राउ गरिएका तुलाधरलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।
काठमाडौं जिल्ला अदालतमा उनीसहित ३० जनाविरूद्ध ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ । यसअघि अदालतले १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जन थुनामा छन् । यो प्रकरणमा अmभै १० जना फरार रहेको प्रहरीले जनाएको छ ।











