Logo
Logo

ओली साउन २ गते कम्बोडिया जाने


8.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन् । उनी आगामी मंगलबार अर्थात साउन २ गते कम्बोडिया जाने कार्यक्रम तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउनेक्रममा अध्यक्ष ओली कोम्बोडिया जाने तय भएको ज्ञवालीले बताएका हुन् । उनका अनुसार ओलीले भ्रमणका क्रममा त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता समेत गर्नेछन् ।

यस्तै, शनिबारको बैठकले एमाले बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिर्ने निर्णय गरेको छ । पार्टी उपमहासचिव ज्ञवालीका अनुसार यसबाहेक केही नेताहरूको पार्टीमा जिम्मेवारी हेरफेर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्