
काठमाडौं । शैक्षिक परामर्श सङ्घ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनबाट निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेलाई हराउँदै भट्टराई निर्वाचित भएका हुन् ।
उनले दुई सय ३८ मत ल्याउँदा पाण्डेले एक सय ४६ मत प्राप्त गरे । विद्युतीय मतदान प्रणालीबाट भएको निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए ।
कार्यसमितिको उपाध्यक्षहरूमा लन्ड्रयु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री, गीता शिवाकोटी (गीताञ्जली) र महासचिवमा दीपक भुसाल निर्वाचित भएका छन् । सचिवमा भावनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई तथा कोषाध्यक्षमा आशिष कार्की विजयी भएका छन् ।














