Logo
Logo

सरकारी सेवा छिटो र सहज रुपमा उपलब्ध गराउन पहल भइरहेको छ : मन्त्री श्रेष्ठ


819
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आन्तरिक रुपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताएका हुन् ।

उनले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न सबैलाई निर्देशन दिए ।

कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाइ काम गर भनेर मात्रै परिणाम ननिस्कने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्