Logo
Logo

भारतले दियो विभिन्न संस्थालाई ३४ एम्बुलेन्स र ५० स्कुल बस


3.3k
Shares

काठमाडौं । भारत सरकारले नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालाई ३४ एम्बुलेन्स र ५० स्कुल बस दिएको छ । भारतीय राजदूतावास काठमाडौंले आइतबार ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान दिएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा एम्बुलेन्स र स्कुल बसका चाबी हस्तान्तरण गरे ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्