Logo
Logo

कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो


1.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

आइतबारदेखि अन्तिम सुनुवाइ हुने भनिएकोमा आइतबार न्यायाधीश कुमार रेग्मीले मुद्दा हेर्न अस्वीकार गर्दा सुनुवाइ हुन सकेको थिएन ।

न्यायाधीश रेग्मीले मुद्दाको रीट दायरकर्ता पूर्व मुख्यमन्त्री हिक्मत कार्कीसँग विद्यालयमासँगै पढेको भन्दै मुद्दा हेर्न अस्वीकार गरेका थिए

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतका लागि हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको छ भने सर्वोच्चले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्