Logo
Logo

कोशीमा राजीनामा दिन सभामुख तयार, काे बन्ला मुख्यमन्त्री ?


6.7k
Shares

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजिनामा दिन तयार भएका छन् । प्रदेशमा सकार गठनका लागि बहुमत पुर्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा उनले राजिनामा दिन सहमत भएका हुन् ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतम राजिनामा दिन तयार भएको बताए । कोसी प्रदेश प्रमुख परशुराम खार्पुङले नयाँ सरकार गठनका लागि दिइएको समय आज सकिदैँछ । सभामुख गौतम राजिनामा दिए भएपनि गठबन्धन दलबाट अहिलेसम्म मुख्यमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति गर्न सकेको छैन ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजिनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

सभामुख गौतमले राजिनामा दिएर गठबन्धन दलको सरकार बने पनि विश्वासको मत पाउन कठीन छ । मुख्यमन्त्रीमा नियुत्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने सांवैधानिक व्यवस्था रहेको छ । राप्रपाले समर्थन नगरेसम्म गठबन्धन दलबाट नियुक्त हुने मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अहिले गठबन्धन दललाई सरकार निर्माणका लागि समर्थन नगर्ने अडानमा रहेका राप्रपाले विश्वासको मत नदिए ३० दिने सरकार मात्रै हुने र त्यसपछि प्रदेशसभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था आउने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्