दाङ । रोल्पामा बस दुर्घटना हुँदा १५ जना घाइने भएका छन् । तीन जना भने गम्भीर रहेका छन् ।
रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका– ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो दुर्घटना भएको हो ।

बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरले जानकारी दिए। उनका अनुसार तीन जनाको अवस्था गम्भीर छ । उनीहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।
बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














