Logo
Logo

दोलखामा पहिरोले पुरिएर एक बालकको मृत्यु


630
Shares

दोलखा । दोलखाको विगु गाउँपालिकाको साँघुरेमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । तामाकोशी नदीमा तिते माछा टिप्न आएका विगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरश तामाङको मृत्यु भएको हो ।

मंगलबार राति तीते माछा मार्न तामाकोशी नदीमा आएका उनी माथीबाट झरेको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । माछा मार्न उनीसहित ४ जना तामाकोशी नदीमा आए पनि अन्यले भने पहिरो आएपछि भागेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्