
काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षिय आकाश वलामी रहेका छन् ।
तोलाङ्गी बलात्कार मुद्दा र वलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । गए राति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको थियो ।
त्यसपछि उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि जिल्ला अस्ताल पुर्याइएका दुबै जनाको बिहान ६ बजे मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताए । उनीहरुको शव अहिले जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ ।














