Logo
Logo

एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक पनि स्थगित 


1.1k
Shares

काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । आज (बुधबार) पनि एमालेले अवरोध कायमै राखेपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म लागि स्थगित गरिएको छ । 

आज बसेको बैठकमा सुन तस्करी प्रकरणलाई लिएर एमालेले अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले यही २६ गते दिउँसो एक बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।  सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।

सुन तस्करीकै विषयलाई लिएर आजै बसेको प्रतिनिधिसभा बैठक पनि एमालेकै कारण शुक्रबारसम्मको लागि स्थगित भएको छ । करिब एक सय केजी सुन प्रकरणलाई लिएर एमालेले गत १० गतेदेखि संघीय संसद्को दुबै सदन बन्द गर्दै आएको छ ।

प्रमुख तीन दल (कांग्रेस, एमाले र माओवादी)का शीर्ष नेताहरूबीच मंगलबार संसद् अवरोध खुलाउने सहमति भएको थियो । तर, मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमालेले फेरि संसद् अवरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्