काठमाडौं । पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद शुनिल शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

शर्मालाई आज सीआईबीले काठमाडौंको गोल्फुटारस्थित उनै निवासबाट पक्राउ गरेको थियो । सीआईबीको अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत शर्मालाई पक्राउ गरिएको हो ।
शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली भएको सीआईबीको दाबी छ । एमबीबीएस अध्ययनको लागि शर्माले पेश गरेको प्रमाणपत्र सम्बन्धीत कलेजमा सोध्दा उक्त कलेजले आफ्नो रेकर्डमा नभएको बताएको थियो ।
यो प्रकरणमा प्रहरीले सुनिल शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन् ।
शर्मा पक्राउ पेरेका पत्र सीआईबी संसद् सचिवालयमा दिइसकेको छ ।














