
विराटनगर । कोशी प्रदेशसभाका जेष्ठ सदस्य नेपाली कांग्रेसका सांसद गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री उद्धव थापाले मण्डललाई कोशी सरकारको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आजै कृर्षि राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनियताको शपथ लिएका छन् । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्।
जसमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन्।











