Logo
Logo

मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने


882
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । यसअघि मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन)सहितको नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।

तर, सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ । थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए । त्यतिबेला थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्चले उनको मुख्यमन्त्री नियक्ति बदर गरिदिएको थियो । पछि सभामुख गौतमलाई राजीनामा गराएर पुनः थापा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्