Logo
Logo

विश्वासको मतविरुद्ध एमाले अदालत जाने


5.7k
Shares

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमाले पुनः अदालत जाने भएको छ । सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि एमाले पुनः कोशी सरकारविरुद्ध अदालत जाने भएको हो । 

आज (सोमबार) बसेको प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरूको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत मत परेको घोषणा गरेका थिए । 

मतदान सकिएपछि मत सच्याउन तीन मिनेटको समय ताकेर मन्सुरीले अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न लगाइ आफू मतदानका लागि गएका थिए ।

त्यसलगत्तै प्रमुख प्रतिपक्षी एमालेका प्रदेशसभा सदस्यहरूले नाराबाजी गरेको थियो । तर मन्सुरी मत दिएर पुनः बैठकको अध्यक्षता गर्न गए र मत गणना गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिए । आफैँले दिएको मत समेत जोडेर उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरे ।

विश्वासको मत पाएको घोषणापछि असंवैधानिक काम भएको भन्दै एमाले पुनः अदालत जाने भएको हो । संविधान जोगाउन अदालत जाने पूर्वमुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए । 

गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो ।

त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्