Logo
Logo

खरेलले प्रधानमन्त्रीकै बेइज्जत गरे, निगममा जताततै भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ पुस । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भयो । यस भ्रमण वर्षलाई सफल पार्ने काम मुख्यगरी नेपाल वायुसेवा निगमको पनि हो । भ्रमण वर्ष अगाडि नै नेपालमा पर्यटक भित्र्याउन निगमका जहाज पुग्ने अन्तर्राष्ट्रिय गन्तव्यहरुमा विभिन्न आकर्षक प्याकेजको व्यवस्था गर्नुपर्नेमा निगम आन्तरिक विवादमै रुमल्लिएको छ । खासगरी निगमको कार्यकारी अध्यक्ष पदमा मदन खरेलजस्ता असक्षम व्यक्ति ल्याइएपछि निगम डुब्ने अवस्थामा पुगेको हो । खरेल कार्यकारी अध्यक्षमा नियुक्त भएपछि उनको प्रमुख जिम्मेवारी एयरबस खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषसँग लिएको ऋण तिर्नुपर्ने र चिनियाँ जहाज मर्मत गरी आन्तरिक उडान गर्नुपर्ने थियो । तर, कार्यकारी अध्यक्ष नियुक्त भएर आएको केही दिनमै उनले पत्रकार सम्मेलन गरेर सरकारले २० अर्ब ऋण नदिए निगमले ऋण तिर्न नसक्ने बताए । यस घटनाबाटै उनी असक्षम हुन् भन्ने प्रमाणित भयो ।

झापा घर भएकै कारण प्रधानमन्त्री ओलीले उनलाई विश्वास गरेर निगम सुधारका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेका हुन् । तर, उनी नियुक्त भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि उनले निगम सुधारका नाममा एउटा सिन्कोसमेत भाँच्न सकेनन् । अहिले आएर उनको सञ्चालक समितिसँग पनि सम्बन्ध बिग्रिएको छ । सञ्चालक समितिविरुद्ध उनले प्रधानमन्त्रीलाई गलत ब्रिफिङ गरेको आरोपमा सञ्चालक समितिले उनलाई स्पष्टीकरण सोधेको छ ।

झापा घर भएकै कारण प्रधानमन्त्री ओलीले उनलाई विश्वास गरेर निगम सुधारका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेका हुन् । तर, उनी नियुक्त भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि उनले निगम सुधारका नाममा एउटा सिन्कोसमेत भाँच्न सकेनन् । अहिले आएर उनको सञ्चालक समितिसँग पनि सम्बन्ध बिग्रिएको छ । सञ्चालक समितिविरुद्ध उनले प्रधानमन्त्रीलाई गलत ब्रिफिङ गरेको आरोपमा सञ्चालक समितिले उनलाई स्पष्टीकरण सोधेको छ । जसको चित्तबुझ्दो जवाफ उनले दिन सकेका छैनन् । बालुवाटारमा केपी ओली प्रधानमन्त्री भएसम्म आफूलाई कसैले ‘हल्लाउन’ नसक्ने भन्दै उनले आफूविरोधी कर्मचारीलाई ‘पावर’को धाक दिने गरेका छन् ।

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त भएपछि उनले निगम सुधारका लागि केही प्रयास गरे । पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा एउटा कमिटी बनाए । त्यो कमिटीले दिएको रिपोर्ट पनि कार्यान्वयन हुनसकेको छैन । निगमलाई दीर्घकालीनरुपमा कसरी उकास्ने भन्दा पनि अध्यक्ष खरेल ‘हाटहुट’मै व्यस्त छन् ।

निगम सूत्रका अनुसार ओशाका उडान अझै घाटामा चलेको छ । ओशाकामा त्यहाँको एजेन्टले व्यापार विस्तार गर्न सकेको छैन । सुरुमा देवमान हिराचनले त्यहाँको एजेन्ट लिने प्रयास गरेका थिए । हिराचनले निगमलाई ‘ब्रेकडाउन’ गरेरै मुनाफासहितको व्यापारिक प्रस्ताव दिएका थिए । तर, बालुवाटारको दबाबमा हिराचनलाई एजेन्ट दिइएन । ओशाका उडान सन्तोषजनक नभएपछि त्यहाँका मेनेजर सन्तोष पाण्डेलाई फिर्ता बोलाइएको छ । पाण्डे काठमाडौँ बिदामा आउँदासमेत उनलाई निगमले भत्ता दिएको छ । उनको ठाउँमा सुलेख मिश्रलाई पठाउने तयारी भइरहेको छ । त्यसैगरी चीनको ग्वाङझाओ उडान सुरु गर्ने भनेर सुनिल श्रेष्ठ र तेजबहादुर थापालाई ग्वाङझाओ पोष्टिङ गरिएको थियो । तर, उडान नै नहुँदै उनीहरु दुवैलाई फिर्ता बोलाइएको छ । जसले गर्दा कर्मचारीहरुसमेत व्यवस्थापनसँग असन्तुष्ट रहेका छन् ।

अध्यक्ष खरेलले दुईवटा एपियु खरिद गर्न इञ्जिनीयरिङ विभागका प्रमुख राजेशप्रसाद श्रेष्ठलाई लिएर इण्डोनेसिया पुगेका थिए । इण्डोनेसियामा खरेलको मुख्य काम कमिशन एजेन्ट भेट्नु थियो । र, ‘क्रु’लाई तालिम दिन त्यहाँको कम्पनीसँग सेटिङ मिलाउनु थियो । एपियु बिग्रिएको समाचार मिडियाले धेरै लेखे पनि एपियु खरिद नगरी भाडामा लिनुको अर्थ कमिशन नै हो भन्ने दाबी निगम कर्मचारीहरुले गरेका छन् । त्यसैगरी दुई महिना अगाडि खरेलले पत्थरीको अप्रेशन गर्दा निगमलाई लाखौँ आर्थिक भार पारेका छन् । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उनको अप्रेशन गरिएको थियो । उक्त उपचारको बिल नयाँदिल्लीस्थित निगमको कार्यालयले भुक्तानी गरेको छ । तर, त्यसको जानकारी काठमाडौँमा पठाइएको छैन । काठमाडौँमा हुनसक्ने पत्थरीको अप्रेशन दिल्लीमा गरेको लाखौँ खर्चका विषयमा विरोध होला भनेर नयाँदिल्लीका कर्मचारी टंक भण्डारीलाई उनले बिल अहिले काठमाडौँ नपठाउने भनेका हुन् ।

यसैगरी निगमको एक मात्र बोइङ ७५७ एउटा अमेरिकी कम्पनीलाई बिक्री गर्दा निगमलाई २२ करोड घाटा भएको छ ।

प्रतिक्रिया दिनुहोस्