Logo
Logo

पहिरोले कान्तिलोक पथ अवरुद्ध


504
Shares

काठमाडौं । कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भएको छ ।

मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्छ । मकवानपुर जिल्लामै पर्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्