Logo
Logo

वनस्थलीस्थित विद्युत् कार्यालयमा लागेकाे आगाे नियन्त्रणमा


882
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा लगेको आगो नियन्त्रणमा आएको छ ।

आज बिहान भएको आगलागी नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढङ्गेलले जानकारी दिए ।

वनस्थलीस्थित विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनको चौथो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्