Logo
Logo

संयमित हुन धरानका मेयर हर्क साम्पाङको अपिल


3.5k
Shares

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले संयमित र संवेदनशील हुन अपिल गरेका छन् । सुनसरीको धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको भन्दै मेयर राईको यस्तो अपिल गरेका हुन् ।

मेयर राईद्वारा शुक्रबार जारी अपिलमा भनिएको छ, ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकका भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु ।’

समाजमा देखिने अशान्ति र विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकाले यस प्रकारको विविधताको नकरात्मकतालाई सकरात्मकतामा परिणत गर्न संयमित र संवेदनशील हुन उनले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्