Logo
Logo

आठ महिनामा रुसी सेनामा दुई लाख ८० हजार भर्ती


एजेन्सी

2.1k
Shares

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् ।

युक्रेनसँगको आक्रामक कारबाही १९औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षित गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताएका छन् ।

रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् ।्

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000