Logo
Logo

अपानीमा देखिएको समस्या पार्टीभित्रैबाट हल गरिन्छ : अध्यक्ष नेपाल


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानी)मा देखिएको समस्या पार्टी भित्रैबाट हल गरिने बताएका छन् । बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अपानीमा मतभेद नभइ केही प्रश्नहरु आएको भन्दै पार्टी भित्रैबाट हल गरिने बताएका हुन् ।

अपानीमा पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेको टिप्पणीबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले पार्टीभित्रको बिषय सडकमा लाने काम पार्टीको जिम्मेवार मान्छे र अनुशासन बुझेको मान्छेले नगर्ने जिकिर गरे । नेता खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आएका छन् ।

त्यस्तै, अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने धारणा राखे । उनले अहिले शिक्षकहरुको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले केन्द्रीय कमिटीको छैटाँै बैठकले केन्द्रीय कमिटीका सदस्यहरु मनोनित गरिएकाहरुमध्ये १३ जनालाई विधानअनुसार सपथ गराइएको जानकारी दिए । सपथ ग्रहणका क्रममा उनले युवाहरुको जोश र पुरानाका अनुभवलाई समेटिएर पार्टीलाई मजबुद ढंगले अघि बढाइने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्