Logo
Logo

कोशीमा मन्त्रिपरिषद विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए


4.3k
Shares

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।

जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

त्यस्तै निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् । उनीहरुले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्